स्कलर्स होम स्कुल मा शुभकामना कार्यक्रम सम्पन्न

बुटवल।मिलनचोक अवस्थित स्कलर्स होम माध्यमिक विद्यालयमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

। २०७८ सालको एस. ई. ई. परीक्षामा सम्मिलित स्कुल को २०औ ब्याच कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका प्राचार्य बाबुराम बन्जाडे प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । विद्यालयका सह-प्राचार्य टिकाराम गौतम, प्रसासन प्रमुख राजु भन्डारी तथा कक्षा १० मा अध्यापनरत सम्पूर्ण शिक्षकहरुको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी शिशिर खनाल र शुलचना आचार्य संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य श्री बाबुराम बन्जाडेले करियर फ्युचर र उतकृट रिजल्ट को लागि शुभकामनासहित वैशाख ९ गतेदेखि सञ्चालन हुन गइरहेको एस. ई.ई. परीक्षाको पूर्ण सफलताको कामना गर्नु भयो ।

उहाँले विद्यार्थीहरुलाई आपूले सिकेको ज्ञान र सीप सही ढङ्गले सदुपयोग गरेर परीक्षाको तयारीमा जुट्न र हतोत्साही नभई ढुक्कसँग परीक्षा दिन समेत आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रम को अध्यक्षयता कक्षा ९ मा अध्यानरत विद्यार्थी देबिका बस्नेत ले गरेकी थिइन प्रमुख अतिथि ले बिधालय को २० औ ब्याच लाई टीका र खादा ले सम्मान गर्दै बिधालय सोलोगन ज्ञान, अनुसासन र मानवता लाई आत्म साथ गर्दै प्रगती को कामना गर्नु भयो साथै कक्षा ९ का बिद्यार्थी हरुले बिधालय को २०औ ब्याच लाई रमाइला रोचक ग्याम्स हरु खेलाउदै पुरस्कृत समेत गरेका थिय र कक्षा १० को बिद्यार्थी हरुले पनि आफ्ना गुरु हरु लाई विभिन्न रुप भेष र प्रतिभा अनुसार का टाइट्ल समेत ले सम्मान गरेका थिय र कक्षा ११ र १२ का बिद्यार्थी रोशन पान्डे, मधु राना, बिकास रायमाझी र सचिना पन्थी ले पनि एस इ इ ब्याच लाई मोटिबेसन सहित को शुभाकामना दिइएका थिय साथमा शोभारानी प्रधान, मनुकान्त क्षेत्रि को रचनात्मक योजाना र साबित्रा गौतम को कविता ले अज कार्यक्रम लाइ रोचक बनाए को थियो कक्षा ९ का बिद्यार्थी हरुले विभिन्न निर्त्य र गायन को पनि ब्याबस्था गरेका थिए।

कक्षा १० का बिद्यार्थी हरुले गुरुहरु सबैलाई मायाको चिनो प्रदान गर्दै आपूलाई शिक्षाको आलोक प्रदान गर्नुहुने गुरुहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 
 
  
 

You may also like