बुटवल हिलपार्कमा १ करोड लगानिको बालउद्यान उद्घाटन

बुटवल । बुटवल ८ हिलपार्क परिसरमा शारदा बालउद्यानको उद्घाटन गरिएको छ। नया वर्ष २०७९को अवसरमा बिहिवार एक कार्यक्रमका बिचमा करिब १ करोडको लागानिको बालउद्यान उद्घाटन गरिएको हो।

बालउद्यानको हिलपार्क बिकास परिसदका अध्यक्ष भिम प्र तुलाचन,हिलापार्क बिकास परिसदका सदस्य तथा बुटवल ७ वडा अध्यक्ष कमल प्रताप थापा, बालउद्यानका अध्यक्ष शारदा भट्टराई लगायतले उद्घाटन गरेका हुन।

उद्घाटन कार्यक्रममा बालउद्यानको बारे बताउदै बालबालिकालाई आकर्षक गर्नको लागि बालउद्यान सञ्चालन गरिएको कार्यक्रम संयोजक यदु पाण्डेले जानकारी दिए।

५ जनाको लागानी रहेको बालउद्यानमा रेल, डुङ्गा, पिङ लगायतका सामाग्रीहरु राखिएको जानकारी दिए।अहमदाबादबाट ल्याईएका सामाग्रीहरु भएकोले खर्च बढी भएको उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै हिलपार्क परिसदका महासचिव टङ पराजुलिले बालउद्यानले हिलपार्कलाई अझै बिशेष बनाएको बताउदै आन्तरिक पर्यटकको आवागमन बढ्ने बताए।

 
 
  
 

You may also like