बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहिबार पत्रकार महासंघ रुपन्देहीको पदाधिकारी र कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा क्यालेन्डर सार्वजनिक गरेका हुन।
नेपाल पत्रकार महासंघ रुपन्देहीको हलमा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै अध्यक्ष रामराज पोखरेलले क्यालेन्डर संस्थागत दस्तावेज भएको बताउँदै यसमा संस्थाका क्रियाकलापहरु प्रस्तुत हुने बताए।
क्यालेन्डर सार्वजनिक कार्यक्रममा महासंघका अध्यक्ष पोखरेल उपाध्यक्षद्वय विश्वास ढकाल र अमृता अनमोल, सचिव विनोद परियार सहसचिव बिरेन्द्र कुवर, कोषाध्यक्ष सञ्जय सौगात, कार्यसमिति सदस्यहरु प्रदीप आचार्य, प्रकाश आचार्य, पुनहरी बेल्बासे, कार्यलय सचिव सागर पन्थी लगायतको सहभागीता रहेको थियो।
साथै बिहीवार नै बसेको महासङ्घको सचिवालय बैठकले आशन्न स्थानीय तहको निर्वाचनको लागि आचार समिता विषयक कार्यक्रम गर्ने निर्णय गरेको महासङ्घका सचिव विनोद परियारले बताए। निर्वाचन कार्यालयको सहयोग तथा महासंघको समन्वयमा पत्रकार, सञ्चार सस्था, पत्रकार संगठन लगायतको सहभागिता रहने सचिव परियारले जानकारी दिए।