कांग्रेसको स्थानीय निर्वाचन घोषणापत्र परिमार्जनसहित पारित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको सो मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘कार्य सम्पादन समितिको बैठकमा घोषणा पत्रमा भएका मूल विषयवस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो । त्यस सम्बन्धमा कार्य सम्पादन समितिका साथीहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नुभयो । र, त्यो सम्पूर्ण सुझावहरुलाई ध्यानमा राखेर र त्यसपछि केन्द्रीय सदस्य साथीहरुलाई पनि मेलबाट त्यो मस्यौदा जान्छ । त्यसको आधारमा परिमार्जनसहित घोषणा पत्र पारित गर्ने निर्णय गरियो’ उनले भने ।

 

 
 
  
 

You may also like