रुपन्देही व्यापार संघमा क्यालेण्डर विमोचन ः

नया बर्षमा अर्थतन्त्रमा देखिएका जटिलता हट्ने विश्वास व्यक्त
बुटवल। र्थतन्त्रमा देखापरेका जटिलताहरु हटेर आगामी नया बर्षमा मुलुकको अर्थतन्त्रले समृद्धिको दिशा समात्ने विश्वास व्यक्त गर्दै त्यसदिशामा अगाडी बढाउन सबैले भूमिका खेल्नु पर्ने कुरामा जोड दिइएको छ । पछिल्लो समयमा सरकारीको गलत नीति र व्यवहारले आर्थिक क्षेत्र धाराशाही बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

रुपन्देही व्यापार संघले प्रकाशन गरेको नयाँ वर्ष–२०७९ को क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरु सो कुरामा जोड दिदै स्वदेशी अर्थतन्त्रको विकासका लागि आयात प्रतिस्थापन गर्ने उत्पादनमा राज्यले ठोस नीति अबलम्बन गर्न आग्रह गरेका थिए ।

उनीहरुले २०७८ साल व्यवसायीहरुका लागि निकै कठिन बर्ष भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र बलियो बनाउदै अगाडी बढ्नका लागि व्यवसायी मैत्री बातावरणमा जोड दिएका थिए ।

त्यस अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानिय सरकार सधै नीजि क्षेत्रसंग मिलेर अगाडी बढ्न प्रतिवद्ध रहेको उल्लेख गर्दै उद्यमशीलताको विकासमा आवश्यक सीपमुलक तालिम कार्यक्रम सञ्चालनमा जोड दिनु भयो ।

आर्थिक क्षेत्रमा देखापरेको असहज अवस्थाले समग्र व्यवसायी तथा उपभोक्ताको जनजिवन प्रभावित भएको तर्फ सरकारको ध्यानाकषर्ण गराउदै स्थानिय तहमा भएका राम्रा कामको समिक्षा र आवश्यक्ता विषयमा छलफल अगाडी बढाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले आफुनो स्थापना कालदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाहा गर्दै आएको स्मरण गराउनु भयो ।
उहाले बर्तमान खस्कदो मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउन सरकार पूर्वाग्रह नबनेर लगानी र व्यवसायीमैत्री वातावरण बनाउनतर्फ लाग्नु पर्ने सुझाव दिनु भयो ।

संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष प्रकाश ढकालको स्वागत तथा महासचिव दयानिधि भण्डारी सञ्चालनमा भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष यमलाल लोहनी, पूर्व अध्यक्षहरु श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा, बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बसन्त ढकाल लगायत बोल्नु भएको थियो ।

 
 
  
 

You may also like