बुटवल ६ मा काङ्ग्रेसले लोकनाथ न्यौपानेले वडाध्यक्षमा उठाउने

बुटवल ।बुटवल ६ मा नेपाली काङ्ग्रेसले लोकनाथ न्यौपानेलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उठाउने निर्णय गरेको हो । 

शनिबार बुटवल ६ मा भएको काङ्ग्रेसको बैठकले वडाध्यक्ष उठाउने घोषणा गरेको बुटवल ६ का काङ्ग्रेस वडा सभापति ताराप्रसाद ज्ञवालीले बताए ।

बैठकमा नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण , बुटवल नगर सभापति खेलराज पाण्डे , लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी र बुटवल ६ का काङ्ग्रेस वडा सभापति तारा प्रसाद ज्ञवालीको उपस्तिथि रहेको थियो ।

 
 
  
 

You may also like