कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् ।

आज (शुक्रबार) दिउँसो प्रदेश-१, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश-१ को पहाडी भूभागका केही र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार प्रदेश-१, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like