मानवअधिकार तथा शान्ति समाजको ‘हिमालय बचाउँ ः नदी जोगाउँ’ अभियान लोमानथाङ्ग सम्म

हरिश ढकाल
लुम्बिनी। जिवनमुखी र जगतमुखी अधिकारको पक्षमा निरन्तर बहसपैरवी गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले पछिल्लो समय ‘हिमालय बचाउँ ः नदी जोगाउँ’ अभियान संचालन गरेको छ । यसैक्रममा गत आईतबार उपल्लो मुस्ताङको लोमानथाङ्गमा पुगेर शान्ति समाजले ‘हिमालय बचाउँ ः नदी जोगाउँ’ भन्ने आह्वानसहित जागरण कार्यक्रम आयोजना गरि भब्यताका साथ अभियानको शुभारम्भ समेत गरेको छ ।

कार्यक्रममा समाजका संस्थापक सभापति एवं वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी, बर्तमान सभापति गोविन्द खनाल, सल्लाहकार एवं पुर्व सभापति होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल, आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता रहेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । समाजले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यक्रममा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाउँ अभियान र युद्ध निषेध ः शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको जनाएको छ ।

गत चैत १७ गते बिहिबार गोरखाबाट शुरू भएको शान्ति समाजको हिमालय बचाउँ ः नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार विषयक अभियानका क्रममा गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङ लगाएतका स्थानमा प्रदर्शन एवं कोणसभाको आयोजना गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । सोही अभियानका दौरान लागू औषध तथा मदिरा दुर्व्यसन विरुद्ध जनचेतना र ‘युद्ध निषेध ः शान्ति विशेष’ अभियानमा कन्द्रित विभिन्न अवधारणापत्रहरु समेत वितरण गरिएको समाजले बताएको छ ।

त्यसैगरी रुकुम र सल्यानमा पनि ‘हिमालय बचाउँ ः नदी जोगाउँ’ अभियानको शुभारम्भ गरिएको छ । रुकुम पुर्व, रुकुम पश्चिम र सल्यानमा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशिल बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, दाङ शाखा सभापति तुलसीराम सुनारले सम्वोधन गर्नुभएको शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेल बताउनु भयो ।

 
 
  
 

You may also like