तिलोत्तमामा दुई पसलमा आगलागी

बुटवल । तिलोत्तमाको योगीकुटी स्थित एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका-२ स्थित योगिकुटिमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको हो ।

एउटै घरमा रहेको दुई स्टरमा रहेका दुई पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएको झण्डै २ घण्टामा नियन्त्रणमा आएको जनाइएको छ । आगो अहिले पूर्ण नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट पसलमा रहेका सामान जलेको र क्षतिको विवरण संकलन भइरहेको समेत प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like