१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ वडा नं १७ फाईनलमा

बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा वडा नं १७ फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा गतवर्षको विजेता वडा नं ११ लाई ट्राईबेकरमा ४–१ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा खेलको निर्धारित समयको ९ औ मिनेटमा वडा नं १७ का सुसान्त थापाले गोल गर्दै खेलमा अग्रता गोल गर्दै खेल बराबरीमा ल्याए ।

अन्तिम समयसम्म दुबै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा वडा नं १७ का गोलकिपर आशिष गुरुङ नायक बने । गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार दोस्रो सेमीफाईनल खेल वडा नं ८ र ७ का बिचमा हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

 
 
  
 

You may also like