व्यापार संघमा महिला उद्यमीहरुको भेला सम्पन्न

बुटवल। व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला बिहिबारसम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुनरगठन गर्ने क्रममा सो भेला आयोजना गरिएको थियो । संघको सचिवालयमा भएको उक्त भेलाले लक्ष्मी भट्टराईको संयोजकत्वमा १३ सदस्यीय महिला उद्यमी बस्तुगत उपसमिति गठन गरेको हो । महिला उद्यमी उपसमितिको संह–संयोजकमा आशु गुरुड्ड, सचिवमा सम्झना ज्ञवाली, सह–सचिवमा दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा कल्पना भण्डारी र सदस्यहरुमा सुरेशा थापा, लक्ष्मी ज्ञवाली, लक्ष्मी भट्टराई, रेनु गुरुड्ड, यमकुमारी आले, इन्दिरा खनाल, लिना थापा, रोशनी पाण्डे र सल्लाहकारमा सरस्वती पराजुली रहेका छन् ।

सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाहरुको कमी रहेको भन्दै महिलाले उद्योग, व्यापार÷व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेको र त्यसरी लागेका महिलालाई सहयोगी वातावरण बनाउन आग्रह गरे ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका महासचिव दयानिधि भण्डारीले संघसंग आबद्ध भएका वा नभएका सबै क्षेत्रका व्यवसायी महिलाहरुको लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा संघले फराकिलो सोंच राखेको बताउदै महिलाहरुमा उद्यमशीलता तथा व्यवसायीक क्षमता वृद्धि गर्ने विषयमा ध्यान जानु जरुरी रहेको धारणा राख्नु भयो । त्यस्तै महिलाहरुलाई निर्णायक तहमा पु¥याउन र क्षमतावान महिलाहरुलाई समाजमा चिनाउने काम संघसंंस्थाहरुले गर्ने हुदा संघसंस्थामा आवद्ध हुने अपिल गर्नु भयो ।

यस्तै भेलामा संघका कोषाध्यक्ष नामदेव पाण्डे, सचिव फर्सुराम पन्त, सह–कोषाध्यक्ष मनिराम खनाल (मणि), कार्यसमिति सदस्य वृन्दा भट्टराई आचार्य लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभयो । कार्यक्रममा संघका सह–सचिव तथा वस्तुगत उपसमिति गठन तथा पुर्नगठनका संयोजक ऋषिराम पाण्डेको अध्यक्षता तथा कार्यसमिति सदस्य शोभा जोशी क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like