बुटवल वडा ८ को आफ्नै कार्यालय

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ को कार्यालय भवन शिलान्यास गरिएको छ । बुटवल–८ स्थित सडक विभाग हाताभित्र निर्माण हुने उक्त वडा कार्यालय भवनको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र वडा नं ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ लगायतले संयुक्त रुपमा शिलन्यास गरेका छन् ।

कार्यक्रममा प्रमुख सुवेदीले उपमहानगरले पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका आधारमा अगाडि बढाइरहेको बताए । वडाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि जनताले अझै सहज ढंगबाट सेवा सुविधा लिनसक्ने उनले बताए । पाँच वर्षमा विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उपमहानगरपालिकाले फड्को मारेको बताए ।

प्रमुख सुवेदीले ‘समृद्ध बुटवल, सुखी जनताको संकल्प’अनुरुप जनप्रतिनिधि खटेर काम गरिरहेको उल्लेख गर्दै वडा कार्यालय भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र म्याद थप नगर्ने गरि तोकिएकै मितिमा भवन सम्पन्न गर्ने गरी लाग्न सबैपक्षलाई आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगर पालिकाकि उपप्रमुख गुमादेवि आर्चायले बुटवल उपमहानगर पालिकाले भौतिक विकास मानविय विकास लाई संगसगै महत्वका साथ अगाडि बढाएको बताउनु भयो । उहाले बुटवल उपमहानगरको पाचबर्षमा उलेख्य विकास भएको बताउदै आगामि दिनमा विकासको गतिले निरन्तरता पाउने बताइनन् ।

बुटवल उपमहानगर वडा नम्वर आठका वडाध्यक्ष भिम प्रसाद श्रेष्ठले जग्गा प्राप्तीमा ढिलाई भएकाले कार्यालय भवन निर्माण ढिलो भएको बताउँदै अब तोकिएको समयभित्रै वडा कार्यालय भवन निर्माण हुने बताए । अहिले भाडाको भवनबाट सेवा प्रदान गर्दै आएकोमा वडाको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहज हुने उनले बताए । उनले वडाकार्यलय बनाउन आफुले निकै मिहनत गर्न परेको बताए । वडाध्यक्ष श्रेष्ठले आफुले निर्वाचनमा गरेको प्रतिबद्धता दुईवटा बाहेक सवै पुरा गरेको पनि बताए ।

तीन कठ्ठा जग्गामा दुई तले भवन निर्माणका लागि दुई करोड ५३ लाख २९ हजार ४०३ रुपैयाँमा ठेक्का सम्झौताको पक्रियामा रहेको छ । निमार्ण कम्पनीले उक्त भवन एक वर्षमा निर्माण गरीसक्नु पर्नेछ । लामो समय देखि जग्गा अभावले आप्नो भवन बनाउन नपाएको वडामा भवन बन्ने भएपछि वडा बासी खुसि भएका छन ।

कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती, उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मी, नेपाली कांग्रेसका नेता युवराज गिरी, योजना प्रमुख वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठसुस्मा आर्चाय , गोमा ज्ञवालि, गौमति सुनवार दलबहादुर थापा ,भवानि सुवेदि , लगायतले बोलेका थिए । शिलान्यास कार्यक्रममा वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, टोल बिकास संस्थाका अध्यक्ष, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

 
 
  
 

You may also like