काठमाडौं वल्ड स्कुलले गर्यो बुटवलमा शैक्षिक अन्तरक्रिया

बुटवल ।काठमाडौं वल्ड स्कुलद्वारा संचालित शिक्षाको विकासका लागि नेपाल टुर अभियानले बुटवलमा शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ । शुक्रबार बुटवलमा कार्यक्रम आयोजना गर्दै स्कुलका संचालक तथा सरोकारवालालो पछिल्लो समयको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिस्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका बिद्यार्थी संग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने धारणा राखे ।

झाले आईटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नया ट्रेन्ड आउने बताउदै समय परिवेश अनुसार आफुलाई तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम काठमाडौ वल्ड स्कुलका प्रीन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गरे । सन्तानको भविश्यकालागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

सो स्कुल नेपालमा सबैभन्दा बिशिष्टकृत स्कुलका रुपमा बिगत ५ बर्षदेखि चलिरहेको छ । विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौ वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे ।अन्तरक्रियात्मक कार्यक्रममा रुपन्देहीका शैक्षिक क्षेत्रका सरोकारवाला,पत्रकार तथा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । सो स्कुल काठमाण्डौको शूर्यविनायक ७ मा रहेको छ ।

आधुनिक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।सो स्कुलमा एक बिद्यार्थीको मासिक शुल्क ५० हजारदेखि माथि रहेको छ । सो कार्यक्रमको सञ्चालन आविष्कार पराजुलीले गरेका थिए ।

बुटवल र भैरहवाको कार्यक्रम भब्य रुपमा सफल भएको ड्रीम हाईज नेपालका प्रमुख कमल जिसिले बताए ।

 
 
  
 

You may also like