बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा बुटवलमा शुक्रबार सम्पन्न जिल्ला स्तरिय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आफ्नो दमदार प्रस्तुतीसहित स्कलर्स होस बोर्डिङ स्कुलकी सचिना पन्थी प्रथम भएकी छिन ।
सामाजिक विकासमा रोटरीको भुमिका विषयक वक्तृत्व कला प्रतियोगितामा उनि प्रथम हुदै नगद १० हजार रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत भएकी हुन । स्कलर्स बोर्डिङ स्कुलको सभाहलमा भएको प्रतियोगितामा बुद्घ पब्लिककी निशा न्यौपाने द्घितिय हुँदै नगद ८ हजार नगदसहित कप प्रमाणपत्रबाट पुरस्कृत भईन । प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी वर्षा न्यौपाने तृतिय हुँदै नगद ५ हजार र कपबाट पुरस्कृत भएकी छिन । यसैगरि चौथो स्थान हासिल गर्दै होराईजन जिविएसकी प्रतीक्षा खराल नगद ३ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भएकि छिन ।
एक समारोहका बिच रोटरी ईन्टरनेशनल ३२९२ नेपालभुटानका एजी नारायण प्रसाद पन्थ, प्रतियोगिताका निर्णायक प्रा.डा.हिरणलाल ज्ञवाली र देउप्रकाश राई, क्लबका अध्यक्ष जबिन कक्षपति, कार्यक्रमका संयोजक तथा क्लबका सचिव बाबुराम बन्जाडेले विजेता उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन ।
कार्यक्रममा एजी पन्थले थोरै थोरै रकम विश्वभर आफ्ना सदस्यहरुबाट सहयोग जुटाएर रोटरी सामाजिक काममा अग्रसर रहेको बताए । विशेष गरि सात वटा फोकस एरियामा रोटरीले विश्वभर समुदायमा निसुल्क कार्य गर्दै आएको उनले बताए ।
कार्यक्रममा अध्यक्ष जबिन कक्षपतिले बालबालिकाहरुमा बक्तृत्व क्षमता विकास गराउदै स्वज्ञान बढाउने लक्ष्यसहित कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा एनप्याप्सनका सल्लाहकार देउप्रकाश राईले विद्यार्थी जीवन सिकाईको उमेर भएको भन्दै अध्ययनसंगै अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनुपर्ने बताए । सामाजिक कार्यमा लाग्न उत्प्रेरित गर्ने गरि आयोजना गरिएको कार्यक्रम निक्कै फलदायी भएको उनले बताए। परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने सुझाव दिदै यसलाई केन्द्रमा राख्नुपर्ने उनले सुझाव दिए ।
प्रतियोगितामा न्यु होराईजन, होराइजन गौतमबुद्घ, एम्स बोर्डिङ स्कुल, स्कलर्स होम बोर्डिङ स्कुल, गार्गी एकेडेमी, ग्लोरियस सेकेण्डरी, देवदह बुद्घ पब्लिक, एभरेष्ट बोर्डिङ स्कुल, तिलोत्तमा कलेज र कान्ति मावि गरि प्रतियोगितामा १० विद्यालयका ४ जना छात्र र ६ छात्राहरुले भाग लिएका थिए ।