सैनामैना निर्माण व्यवसायी संघकाे अध्यक्षमा सुमन पन्त

बुटवल । सैनामैना निर्माण ब्यबसायी सघंको अध्यक्षमा पन्त कन्स्ट्रक्सन प्रालीका सन्चालक सुमन पन्त चयन भएका छन । शुक्रबार सैनामैनामा उपलब्ध रहेका बिभिन्न निर्माण ब्यबसायीहरुको एक भेलाले पन्तलाइ अध्यक्षमा चयन गरेको हो।     
जसको उपाध्यक्षमा दिपेन्द्र सुवेदी,देबि कंडेल, गोबिन्द पराजुली रहेका छन भने सचिबमा सौगात गौतम र प्रशान्त अर्याललाइ चयन गरिएको छ । यसैगरी सहसचिबमा अशोक बस्याल, प्रदिप पन्थ, कोषाध्यक्षमा सुसिल बस्याल रहेका छन। सदस्यहरुमा नेत्र न्यौापने, रामु ज्ञवाली,र आशिष ज्ञवाली रहेका छन ।
सैनामैनामा निर्माण ब्यबसायीहरुको एकताबद्ध गर्न सघंको स्थापना गरिएको अध्यक्ष सुमन पन्तले जानकारी दिए । लामो समयदेखी निर्माण ब्यबसायमा आवद्ध पन्तले निर्माण सामाग्रीको चरम मुल्यबृद्धिका कारण निर्माण ब्यबसायीहरुले कन्स्ट्रकसन होलिडेको तयारी गरिरहेको समेत बताए ।

 
 
  
 

You may also like