व्यापार संघमा अटोमोवाइल्स मोटरसाइकल, रिकण्डिसन तथा साइकल उपसमिति गठन

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध अटोमोवाइल्स, मोटरसाइकल, रिकण्डिसन, तथा साइकल व्यवसायीहरुको भेला मंगलबार संघको सचिवालयमा सम्पन्न भएको छ । अटोमोवाइल्स, मोटरसाइकल, रिकण्डिसन तथा साइकल व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले रामबहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय अटोमोवाइल्स, मोटरसाइकल, रिकण्डिसन तथा साइकल उपसमिति गठन गरेको छ ।

अटोमोवाइल्स, मोटरसाइकल, रिकण्डिसन तथा साइकल वस्तुगत उपसमितिको सह–संयोजकमा टेकनाथ बस्याल, सचिवमा रामप्रसाद बेल्वासे र कोषाध्यक्षमा विनोद पराजुली रहेका छन् । यस्तै सदस्यहरुमा कृष्णप्रसाद घिमिरे, अरुण पौड्याल, ध्यानबहादुर राई तथा सल्लाहकारमा सन्तोष आचार्य रहेका छन् ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गरे ।

यस्तै कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, कोषाध्यक्ष नामदेव पाण्डे, वस्तुगत उपसमितिका संयोजक एवं संघका सह–सचिव ऋषिराम पाण्डे, सह–कोषाध्यक्ष मनिराम खनाल (मणि), कार्यसमिति सदस्य ठाकुरप्रसाद आचार्यलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिए ।

 
 
  
 

You may also like