विजनेश इन्कुवेशन कार्यक्रमका प्रशिक्षकलाई प्रशिक्षण

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालनको तयारी गरिएको विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रमको लागि प्रशिक्षकलाई प्रशिक्षण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, लुम्बिनी वाणिज्य क्याम्पस, युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ.) रुपन्देही र अन्तरप्रेरणाको सहकार्यमा दोस्रो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रमको तयारी गरिएको छ ।

६ महिने उक्त कार्यक्रममा नवउद्यमीहरुलाई प्रशिक्षण तथा सहजिकरणको लागि प्रशिक्षकलाई तीन दिने प्रशिक्षण गरिएको हो । आईतबारदेखि सुरु गरिएको प्रशिक्षण मंगलबार सकिएको छ । उनीहरुलाई अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले प्रशिक्षण गर्नुभएको हो ।

अघिल्लो वर्ष पनि यी साझेदारहरुको सहकार्यमा पहिलो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रम गरिएको थियो । नौलो सोंच, नौलो व्यवसायिक योजना र जाँगर भएका नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश ईन्कुवेश कार्यक्रम आयोजना गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो । उक्त कार्यक्रमको लागि संघका कार्यक्रम अधिकृत केशव ढकाललाई फोकल प्रसन तोकिएको छ ।

यो कार्यक्रमको लागि संघले विजनेशमा अग्रसर नयाँ सोंच भएका तथा नवउद्यमीहरुलाई आवेदन आह्वान गरेको थियो । जसमध्ये ३२ जनाले आवेदन दिएका छन् । विजनेश इन्कुवेशन कार्यक्रममा सहभागि छनौट प्रक्रियामा रहेको र उनीहरुको छनौट भएपछि तत्कालै कार्यक्रम अगाडि बढाउनको लागि प्रशिक्षक प्रशिक्षण गरिएको हो । कार्यक्रम सुरु भएपछि नवउद्यमीको विजनेशलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, त्यसविषयमा अनुभवहरु आदान प्रदान गर्नेछन् ।

 

 
 
  
 

You may also like