स्वदेशी शिक्षा प्रवर्धन अभियान चलाउदै काठमाडौँ वर्ल्ड स्कुल नेपाल टुरमा

बुटवल ।बिगतका बर्षमा जस्तै यसबर्षपनि काठमाडौँ वर्ल्ड स्कुलले नेपाल टुर सुरु गर्ने भएको छ । मुख्य तीन शहर चितवन,बुटवल र भैरहवामा टुर मार्फत स्वदेशी शिक्षा प्रर्वधन अभियान चलाउन लागिएको स्कुलले जनाएको छ ।

स्वदेशमै गुणस्तरीय शिक्षाको खोजिमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको हो । चैत १२ गते चितवनको ग्लोबल होटलमा ,११ गते बुटवलको ड्रिम इन्टरेनशनल होटलमा विहान ८ बजे,र साेहि दिन ३ बजे भैरहवाको होटल पौवामा मिनी शैक्षिक मेला हुनेछ।

स्कुलका अध्यक्ष इञ्जिनियर डा.मिथिलेस कुमार झाले गुणस्तरीय शिक्षाको खोजिमा विदेशीनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको नागरिक अनलाइनलाई बताए।

मेलामा अभिभावक, विद्यार्थी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्वनबारे समेत छलफल हुने छ ।स्कुलका प्राचार्य केशर खुलालले नेपाल टुर मार्फत स्कुलको शैक्षिक गतिविधिबारे बुझाइने बताए। उच्चशिक्षाको खोजीमा विदेशीने विद्यार्थीलाई लक्षित गरी स्वदेशमै अन्तर्राष्ट्रिय पूर्वाधार सहितको स्कुल स्थापना गरिएको बताए ।

नेपाल टुरको इभेण्टस् म्यानेजमेन्ट ड्रिम हाइ नेपालले गरेको प्रमुख कमल जिसीले नागरिक अनलाइनलाई जानकारी दिए । चौधरी ग्रुपको सिजी होल्डिङ्गसद्वारा सञ्चालित भक्तपुरको सूर्यविनायकमा अवस्थित काठमाडौं वल्र्ड स्कुलले स्वदेशमै अन्र्तराष्ट्रिय मापदण्ड र सुविधा सहितको शिक्षा दिदैँ आएको छ ।

 
 
  
 

You may also like