कस्तो रहला आजको मौसम ?

काठमाडौं । प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा आज (मंगलबार) मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको विभागले अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्यङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

 
 
  
 

You may also like