व्यापार संघमा जुत्ताचप्पल बस्तुगत उपसमिति पूर्नगठन

बुटवल। रुपन्देही व्यापार संघमा आवद्ध जुत्ता व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । जुत्ता व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै राजु श्रेष्ठको अध्यक्षतामा नया जुत्ताचप्पल बस्तुगत उपसमिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा दिनेश ज्ञवाली, सचिवमा गोविन्दप्रसाद चापागाई, सह–सचिवमा अशोक ज्ञवाली, कोषाध्यक्षमा सूर्य लम्साल, सह–कोषाध्यक्षमा विजय घिमिरे रहनु भएको छ । सदस्यहरुमा पदम दाहाल, कुलराज पाण्डे, लक्ष्मण न्यौपाने, सेर मोहम्वद, रविन नेपाल, सुरेन्द्र श्रेष्ठ, राजु पौडेल र सुरेन्द्र आचार्य रहनु भएको छ ।

समितिको सल्लाहाकार गोपाल प्रसाद अधिकारी र उत्तम देवकोटालाई राख्ने निर्णय गरिएको छ ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नु भयो ।

कार्यक्रममा संघका सचिव फर्सुराम पन्त, कार्यसमिति सदस्य मेघनाथ पौडेल, पिताम्बर अर्याल, संघका संस्थापक महासचिव गोपाल अधिकारीले उपसमितिको काम र कर्तव्यका बारेमा जानकारी गराउदै रुपन्देही व्यापार संघमा आवद्ध जुत्ताचप्पल व्यवसायीहरुले सम्पूर्ण व्यवसायीहरुको नेतृत्व गर्न आग्रह गर्नु भयो ।

भेलाको अध्यक्षता संघका सह–सचिव ऋषिराम पाण्डेले गर्नुभएको थियो भने संचालन कार्यसमिति सदस्य अर्जुन भट्टराईले गर्नु भएको थियो ।

 
 
  
 

You may also like