दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि ३८ घण्टे कर्फ्यू

किभ । किभ-दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा नौं जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।

गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्याङ्क, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विलम्ब नगरी अर्थपूणर् वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् ।

यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् । सो शहरमा अहिले पनि लडाइँ भइरहेको छ । शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो शहरका मेयरले बताएको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like