होटलबाट पाँच युवतीको उद्धार, दुई सञ्चालक पक्राउ

कैलाली । होटलमा युवतीहरु राखेर अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

अवैद्य यौन गतिविधिमा संलग्न गराएको आशंका गरिएका पाँच जना युवतीलाई पनि प्रहरीले ती होटलबाट उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका-७ स्थित फुडल्याण्ड र लक्ष्मी होटलका सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुई होटलबाट प्रहरीले पाँच जना युवतीको उद्धार पनि गरेको छ । ती युवतीलाई विभिन्न प्रलोभनमा पारी होटलमा राखेर अनैतिक यौन गतिविधिमा संलग्न गराएको पाइएको दाबी प्रहरीले गरेको छ । स्थानीयले होटलमा युवती राखेर अवैद्य गतिविधि हुने गरेको भनेर दिएको सूचनाको आधारमा पुगेको प्रहरीले युवतीहरुको उद्धार गरेको हो । होटल सञ्चालकलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like