लुम्बिनीमा सञ्चारिका समूह नयाँ नेतृत्व , अध्यक्षमा अमृता अनमोल

बुटवल।सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्षमा अमृता अनमोल चयन भएकी छन् ।

उपाध्यक्षमा रुपा गहतराज, महासचिबमा मेनका चौधरी, सचिवमा माया केसी, कोषाध्यक्षमा उषाकिरण पन्त चयन भए ।

सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत सर्वसम्मत चयन भएका छन् ।

महासचिव पदमा भने सहमति नजुटेपछि मतदान भएको हो । २४ मतदाता मध्ये मेनकाले १४ मत पाएर बिजयी भइन् भने प्रतिस्प्रर्धी उम्मेदवारले ९ मत पाइन् ।

 
 
  
 

You may also like