स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरीको खुल्यो भर्ना (सूचनासहित)

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।

प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ भर्ना खोलिएको सूचना जारी गरेको छ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म निवेदन दिन सक्ने छन् । भर्ना हुनका लागि अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनु पर्नेछ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन् । छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले प्रतिदिन ७५६ रुपैयाँका दरले तलव पाउँछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोशाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने छ ।

 
 
  
 

You may also like