हाटबजार व्यवसायी संघ रुपन्देही अध्यक्षमा जिसी

बुटवल । हाटबजार व्यवसायी संघ, जिल्ला समिति रुपन्देहीको १६ औं साधारणसभा तथा ९ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले पुनः टेक बहादुर जिसीको अध्यक्षतामा २४ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा कृष्ण पौडेल, महिला उपाध्यक्षमा शोभा पोखरेल, महासचिवमा हुमाराम पोखरेल, सचिवमा जयन्त घर्ती, सहसचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा इश्वरी भट्टराई रहेका निर्वाचन समितिका संयोजक प्रकाश खनालले जानकारी दिए ।

 
 
  
 

You may also like