दुई टाउको भएको अनौठो शिशुको जन्म

धनुषा। जनकपुरको रामानन्द चोकस्थित मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको भएका अनौठो शिशुको जन्म भएको छ । उनीहरुको चार आँखा र चार कान छन् ।

चिकित्सक रुवी सिंहको टोलीले शल्यक्रिया (अप्रेशन) गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार बैधकी २५ वर्षीया श्रीमती सविता बैधले उक्त अनौठो बच्चा जन्माएकी हुन् ।

शिशु जन्मेको एक घण्टापछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । साथै शिशुको आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका रामबाबु यादवले जानकारी दिए ।

 
 
  
 

You may also like