रुस-युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् ।
‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्ने छैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो ।

यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने । यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।

यसैबीच, रुसी सेनाले युक्रेनका तीन ओटा मुख्य शहरहरुमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।

 
 
  
 

You may also like