रेमिट्यान्स ४ प्रतिशतले घट्याे, विदेश जाने ८५ प्रतिशतले बढे

काठमाडौँ । चालू आर्थिक वर्षको माघ महिनाभित्र विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) रकम घटेको छ । समीक्षा अवधिमा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जारी गरेकाे पछिल्लाे विवरणले देखाएकाे हो । यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४.९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा माघसम्म रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो ।

तर, चालू वर्षको माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेर २ लाख १ सय २ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो ८५.४ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले बढेर १ लाख ५२ हजार ३ सय २५ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफरमा ४.२ प्रतिशतले कमी आई रु.६ खर्ब ३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

 
 
  
 

You may also like