नागरिकता सम्बन्धी समस्या समाधानका लागि जय जनताले बुझायो ज्ञापनपत्र

बुटवल । नागरिकता सम्बन्धी समस्या समाधानका लागि जय जनता संस्थाले लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।

बिहिवार नगरप्रमुखको कार्यकक्षमा जय जनता संस्थाका अध्यक्ष ओम प्रकाश कुर्मी, समाजसेवी भावेश चौधरी( सूरज बाबू), प्रहलाद, श्रीपति, राजकुमार लगायतले उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा मधेश/तराईमा बसोबास गर्ने आम नेपाली नागरिकहरु नागरिकताबाट बन्चित रहदाँ नागरिक शिक्षा, रोजगारी लगायतका राज्यबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट बञ्चित हुन परिरहेको सर्वविदितै छ । नागरिकता सम्बन्धि समस्या समाधानका लागि नागरिकता विधेयक अत्यावश्यक भइसकेको छ । संबिधान जारि भएको ५ बर्ष पुगीसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं लाखौ नेपालीका सन्तानहरु अझै पनि नागरिकता विहिन रहनु दुखको कुरा हो । यस समस्या समाधानमा माननीय गृहमन्त्रीज्युको पहल कदमी प्रति जय जनता संस्थाको तर्फबाट उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछौं ।

विधेयकमा बाबु र आमाको नेपाली नागरिकता भएका छोराछोरीलाई बंशजको नागरिकता दिने व्यवस्था गरि विधेयक तत्काल पारित गर्न अति आवश्यक भएको कुरा माननीय गृहमन्त्रीज्यूमा विशेष अनुरोध गर्दै माननीय मन्त्रीज्यूबाट चालिएको यस राष्ट्रिय स्तरको महत्वपूर्ण कार्यलाई अन्तिम रुप प्रदान गर्नुहुन हार्दिक अनुरोधका साथ लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख ज्यू मार्फत नागरिकता सम्बन्धि समस्या समाधानका लागि ज्ञापनपत्र माननीय गृहमन्त्रीज्यू समक्ष पेश गर्दछौ ।

 
 
  
 

You may also like