चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा मगर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले व्यक्ति वा पीडितको चरित्र हत्या गर्ने युटुयुबरलाई धमाधम पक्राउ गर्न थालेको छ । आइतबार ब्युरोले सेलेब नेपालका सञ्चालक राहुल थापा मगरलाई पीडितको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।

गुल्मी घर भई बुटवल महानगरपालिका–१३ बस्ने २१ वर्षीय मगरलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका हुन्। पक्राउ परेका थापालार्ई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

ब्युरोले मगरउनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरीले अरूकाे चरित्र हत्या गर्नेमाथि कडा निगरानीसँगै धमाधम पक्राउ गर्न थालेकाे छ ।

 
 
  
 

You may also like