बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४२५ रुपैयाँमा कारोबार भइरहेको छ।

 
 
  
 

You may also like