भक्तपुरमा ६५ वर्षीय वृद्धले हाने ६० वर्षीया पत्नीमाथि रसायन

भक्तपुर । भक्तपुरको सूर्यविनायकका एक वृद्धले आफ्नी पत्नीलाई हानिकारक रसायन प्रहार गरेका छन् । सूर्यविनायक-४ गाम्छाका ६५ वर्षीय श्याम गुभाजुले आफ्नी ६० वर्षीया पत्नी पूजा गुभाजुलाई आइतबार साँझ हानिकारक रसायन छ्यापेका महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

रसायन प्रहारबाट पूजा गम्भीर घाइते भएकी छन् । उनलाई उपचारको लागि तत्कालै कीर्तिपुर अस्पताल लगिएको परिसका डीएसपी राजु पाण्डेले जानकारी दिए ।

‘उक्त रसायन तेजाब हो कि अन्य केमिकल हो, खलिसकेको छैन,’ डीएसपी पाण्डेले भने, ‘पूजाको अवस्था गम्भीर छ । उहाँलाई उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’ घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा श्यामले पत्नीलाई एसिड छ्यापेका आफन्तले बताएका छन् ।

 
 
  
 

You may also like