कर्मचारीले गरे तिनपाटन गाउँपालिकाको कामकाज ठप्प

by समतल अनलाइन

सिन्धुली। सिन्धुलीको तिनपाटन गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।

गाउँपालिकाका सुचना प्रविधि अधिकृत सञ्जय थापालाई स्थानीय ५ जना युवाको समुहले र कुटपिट गरेको घटनाप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन् ।

प्राविधिक शाखाको माथिल्लो तलाको कर्मचारी आवासमा सुतिरहेका थापालाई स्थानिय तिनपाटन –११ का रविन बस्नेत, उमेश कार्की, विशाल लामा, भोज राज दाहाल र इश्वर कार्कीसहितको समुहले कुटपिट गरेकोमा ध्यानाकर्षण भएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले प्रेस विज्ञाप्ती जारी गरेका छन् ।
गाउँपालिकामा दैनिक कामकाज गर्न सुरक्षाको प्रत्याभुति नभएसम्म र दोषी माथि कारवाही नभएसम्म गाउँपालिकाको सम्पुर्ण सेवा ठप्प पार्ने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 
 
  
 

You may also like