अवैध १५ लाख जापनिज येनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेको जापानिज येन मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्रुउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका-६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई छन् ।

सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ । पक्राउ परेका उनलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like