विश्व बैंकले युक्रेनलाई ३ अर्ब डलर आपतकालीन सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले युक्रेनलाई ३ अर्ब डलर बराबरको आपतकालीन सहयोग प्याकेज दिने तयारी भइरहेको बताएको छ । जसमध्ये तत्कालै कम्तीमा ३५ करोड डलर उपलब्ध गराइने उल्लेख छ ।

सहयोगको लागि पहिलो चरणको रकम यसै साता बोर्डबाट पारित गराउने विश्व बैंकको तयारी छ । त्यस्तै थप २० करोड डलर स्वास्थ्य र शिक्षाको लागि प्रदान गरिनेछ ।

त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि युक्रेनले आग्रह गरेअनुसारको आपतकालीन सहयोगको विषयमा आगामी साता निणर्य गर्ने भएको छ । अहिले युक्रेनमा आईएमएफको २ अर्ब २० करोड डलरको वित्तीय कार्यक्रम चलिरहेको छ ।

 
 
  
 

You may also like