शिद्धबाबा मन्दिरमा भक्तजनको घुईचो

बुटवल । बुटवलबाट नजिकै रहेको पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने शिद्धबाबा मन्दिरमा बिहानदेखि नै भक्तजनको घुईचो लाग्यो । महाशिवरात्रीको अवसरमा मंगलबार बिहान ४ बजेबाट नै मन्दिरमा भक्तजनहरुको घुईचो लागेको थियो । चुरेको कूहिरे भिर र तिनाउ नदिको किनारा नजिकै मन्दिर रहेका छ ।

बुटवल–पाल्पा सडक खण्डमा लामबद्ध हुँदै मन्दिरमा पुगेर दर्शनाथीले शिवजीको पुजा आजाको लागि पुगेका थिए । कोरोना महामारी कम भएपछि मन्दिरमा नै पुगेर महाशिवरात्री पर्व मनाउँन पाउँदा दर्शनार्थी भने खुशि देखिन्थे ।

१२ औं शताब्दीमा भारतको उज्जेनका राजा भर्तहरिले आफ्नो राज्य त्याग गरेर यही कुहिरे भिरमा आएर भगवान शिवजीको तपस्या गरेको मानिन्छ । भर्तहरिले तपस्या गरि शिद्ध प्राप्त गरेको स्थललाई अहिले शिद्धबाबा भनिएको शिद्धबाबा मन्दिरका मूल पण्डित नारायण प्रसाद घिमिरले बताउनु भयो ।

यस स्थानमा महाशिवरात्री पर्व, साउन महिना र सोमबार भक्तजनहरुको भुईचो लाग्ने गरेको उँहाले बताउनु भयो । आज बिहानैबाट भक्तजनहरुको मन्दिरमा घुईचो लागेको घिमिरले सुनाउनु भयो ।

मंगलबार दिउँसोसम्म करिब ३० हजार भक्तजनले मन्दिरमा पुजाआजको लागि आएको शिद्धबाबा मन्दिर विकास समितिका अधयक्ष दल बहादुर गुरुङ्गले जानकारी दिनुभयो । दर्शनार्थीलाई सहज दर्शनको लागि लामबद्ध गरि पालैपालो दर्शनको ब्यवस्थापन गरिएको उँहाले बताउनु भयो । यस्तै नेपाल प्रहरी , स्वयःसेवक पनि बिहानबाटै खटिएर लाईनलाई ब्यवस्थित गर्दै दर्शनको ब्यवस्थापन गरिएको गुरुङ्गले बताउनु भयो ।

 
 
  
 

You may also like