ओलीको आक्रोश : अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार तत्काल विघटन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने बताएका छन् । उनले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको पनि बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने बताए ।

निकै आक्रोशित रुपमा प्रस्तुत भएका ओलीले भने, ‘यो अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो । यो तत्काल विघटन हुनु पर्दछ । हामीले भनेका छौं । भावनात्मक रूपमा लोकतन्त्र स्वीकार नगरेका शक्तिहरू सरकारमा छन् । त्यसकारण असंवैधानिक सरकार ढल्नु पर्छ’, उनले भने ।

एमालेले पहिल्यै सरकार बन्न नदिन खोजेको भन्दै गठबन्धन ढाल्ने भन्ने कुरा कुनै नौलो नभएको उनले बताए । ‘नेकपा (एमाले) ले ढाल्न खोज्यो, गठबन्धन स्वीकार गरेन भन्नु नयाँ कुरा होइन । किनकी, आजको जनादेश होइन । हामी ताजा जनादेशमा जाऔं भनेका छौैँ । लोकतन्त्रमा ताजा जनादेशमा अगाडि जाने अधिकार छ’, उनले भने ।

 
 
  
 

You may also like