प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन

by समतल अनलाइन

काठमाडौं।प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा सहित एमसीसी अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाको आइतवार दोस्रो पटक बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो।

एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

 

 
 
  
 

You may also like