बुटवलमा मगर एकता दिवस भब्य रुपमा मनाईयो

by समतल अनलाइन

बुटवल । नेपाल मगर संघले आज रुपन्देहीको बुटवलसहित देशभर ४० औं मगर स्थापना(मगर दिवस)मनाएका छन् । यसैक्रममा नेपाल मगर संघ बुटवल उपमहानगर समिति बुटवलले आयोजना गरेको मगर दिवस मुल कार्यक्रमलाई सम्बोधन गदैं लुम्बिनी प्रदेशी श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमति ढेंगामगरले राजनैतिक अधिकार र पहिचानका लागि मगर एकता हुंनुपर्नेमा जोड दिनुभयो ।

उहांले मगरहरुको एकता विना अधिकार प्राप्तिको कुरा कल्पना गर्न नसकिने बताउंनुभयो । जनता समाजवादीकी नेतृ समेत रहेका मन्त्री ढंगाले मगरका भाषा–संस्कृति संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउंनुभयो ।मगरहरुको एकता नभएकैं कारणले पांच नं प्रदेशको नाम मगरांत राख्न असफल भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा मगर संघका जिल्ला सल्लाहकार एवं वरिष्ठ समाजसेवी प्रेम गलामी,जिल्ला सदस्य तेजु राना,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीकी उपाध्यक्ष गंगा गुरुङ,आदिवासी जनजाति महासंघ,रुपन्देहीका सहसचिव इन्द राई,बुटवल–१४ का वडा सदस्य युराज सारु,संघका नगर सल्लाहकार क्या.किशन बहादुर थापा,मगर संघ बुटवल–८ की अध्यक्ष धनिसरा दर्लामी,नगर सल्लाहकार पूर्णबहादुर त्ररामी लगायतले बोल्नुभएको थियो ।

संघका अध्यक्ष थर्कबहादुर बारघरेको अध्यक्ष्ता,सचिव हेमन्त बुढाथोकीको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । संघका पुर्व केन्द्रीय अध्यक्ष झक बहादुर थापाको निधनमा शोक सभापछि दिवस मुल सारोह शुरु भएको हो ।

बुटवल–७ दीपनगरस्थित बाजि–बज्या पितृ थानमा भएको दिवसमा वडा स्तरीय झांकीमा मगर संघ बुटवल–८ प्रथम,वडा नं ७ द्धितीय,१० तृतीय र वडा नं १३ ले सान्त्वना स्थान हासिल गरेका थिए । उनीहरुले क्रमशःदश,आठ,पांच र तीन हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा मगर मौलिक खानाका २०–२५ वटा स्टल राखिएको र संघको मुख पत्र पटाक सार समेत विमोचन गरिएको थियो । कार्यक्रम पूर्व बुटवलको राजमार्गचौराहस्थित लखनचोकबाट निस्केको र्यालीले बुटवल बजार परिक्रममा गरि पितृ थानमा पुगेर दिवस मुल समारोहमा परिषत भएको थियो । यस्तैं रुपन्देही तिलोतमा,देवदह,सैनामैना,पडसी लगायतमा पनि मगर दिवस मनाइएको संघले जनाएको छ ।

 
 
  
 

You may also like