तीन जना चढेको ‘अनटेष्ट’ मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

by समतल अनलाइन

धनुषा । धनुषाको नगराईन नगरपालिका–४ मा शुक्रबार बेलुकी तीन जना सवार मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नगराईनबाट फुलगामातर्फ जाँदै गरेको तीन जना सवार ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडि सवार मधुबनी हरलाखीका ३५ वर्षीय दिलिप रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अपतालमा मृत्यु भएको हो । यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like