जनभावना विपरीत एमसीसी सम्झौता टेबल गर्नु आपत्तिजनक : भीम रावल

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्न लागेकोमा विरोध जनाएका छन् ।

संसदको आइतबार बसेको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोकेका छन् । एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने भन्दै उनले भने, ‘यस्तो विषयमा प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको, सरकारमा रहेका दलहरुको बीचमा सहमति नभइरहेको अवस्थामा यसरी जनताको भावना विपरीत टेबल गरिनु आपत्तिजनक छ ।’

 
 
  
 

You may also like