कोरोनाबाट थप ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ९,७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १,९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४६ हजार ३३० जना निको हुँदा कुल ११ हजार ९११ जनाले ज्यान गुमाएका छन् ।

 
 
  
 

You may also like