संसद बैठकअघि एमसीसीबारे निर्णय लिन माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज (बुधबार) संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बैठक बोलाएको हो । पार्टीका सांसद अमनलाल मोदीका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै संसदअघि कार्यव्यवस्था समितिको बैठकबाट एमसीसीसम्बन्धी एजेण्डा तय हुन सक्ने बताइएको छ ।

प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै माओवादीको छलफल केन्द्रीत हुने बुझिएको छ । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको हिजोको वैठकले एमसीसी नेपालको हितमा रहेको ठहर गर्दै संसदमा टेबुल गर्ने तयारी गरेको छ । यस्तै आजै सत्तारुढ एकीकृत समाजवादीको पनि संसदीय दलको वैठक बस्दै छ ।

 
 
  
 

You may also like