आज पनि कांग्रेस कार्य सम्पादन समितिको बैठक

by समतल अनलाइन

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा विशेष गरी म्याद सकिएका कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने जनाइएको छ । यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ ।

कार्यसम्पादन समितिको बैठक गएको माघ २८ गतेदेखि जारी छ । यसअघि, गएको आइतबार बसेको बैठक आज पुनः बस्ने गरी सकिएको थियो । उक्त बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।

 

 
 
  
 

You may also like