कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ संक्रमित थपिए

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ओरालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १० हजार ११५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३,९३५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १० संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल २२ हजार ५८४ सक्रिय संक्रमित रहेका छन् ।

 
 
  
 

You may also like