वन र काफ्लेको जोडीलाइ अन्तर क्लब ब्याडमिन्टनको उपाधी

by समतल अनलाइन

बुटवल । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजनामा सम्पन्न अन्तर क्लब ब्याडमिन्टन प्रतीयोगीताको उपाधी आयोजकले हात पारेको छ । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा रहेको सैनामैना इन्डोर स्पोर्टस् एरिनामा सम्पन्न भएको खेलमा आयोजकका चन्द्रप्रकाश बन र बिजय काफ्लेको जोडी प्रथम भएको छ । यस्तै ‘लियो क्लब अफ भलवारी सिटिका नितेश जैसवाल र अभिषेक कुवरको जोडीले दोस्रो स्थान हात पार्दा लायन्स क्लब अफ शंकरनगरका अर्जुन कार्की र कृष्ण बरालको जोडीले तेस्रो स्थान हात पारेको छ । कुल १६ टिमको सहभागीता रहेको प्रतीयोगीताको बिजेता टिमलाइ नगद १५ हजार तथा दोस्रो टिमलाइ १० हजारप्रदान गरिएको क्लबका अध्यक्ष सरोज पन्थले जानकारी दिए ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ एरिया ४का लायन्स क्लबहरुका बिचमा प्रतीस्पर्धा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पिएमजेएफ लायन नवराज न्यौपाने, रिजन चियर पर्सन लायन माधब खनालर जोन चियर पर्सन लायन एकदेब बस्याल लगायतले आ आफ्नो भनाइ राख्दै खेलकुदका क्षेत्रमा पनी क्लबले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । क्लबका अध्यक्ष सरोज पन्थको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिब लेखनाथ गैरेले गरेका थिए भने स्वागत उपाध्यक्ष युवराज कार्कीले गरेका थिए ।

 
 
  
 

You may also like