छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट !

by समतल अनलाइन

काठमाडौं । जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् ।

राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको गायक शर्माले बताए । शर्माका अनुसार उनको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको हो । उनले केही ऋण गरेर रकम जुटाए पनि त्यतिले नपुग्ने देखिएको हो ।

यसैबीच शर्मालाई विभिन्न संघसंस्थाका प्रतिनिधिले सहयोग गरेका छन् । मंगलबार राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका प्रतिनिधिहरुले पनि शर्मालाई भेट गरेका थिए ।

यता गायक जीवन शर्माले आत्मीयता र मायाले कसैले गरेको सम्मान स्वीकार्ने तर अतिरञ्जित गरेर दया देखाएकोप्रति भने उनको गुनासो थियो ।

 
 
  
 

You may also like