देशका धेरै स्थानमा बर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशका धेरै स्थानमा आज (बुधबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

वागमती प्रदेश र प्रदेश-१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान सवभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने जनाइएको छ ।

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत वागमती र प्रदेश-१ को पहाडी भू-भागमा सामान्यदेखि पूणर् बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा वागमती र प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । वर्षा र हिमपातका कारण चिसो हुने भएकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन विभागको आग्रह छ ।

 
 
  
 

You may also like