काङ्ग्रेस बुटवल वडा ५ द्वारा ‘नेपाली राजनीतिमा रुपान्त्रण’ विषयमा अन्तरसंवाद

by समतल अनलाइन

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ५ वडा समितिमा नेपालको राजनीतिमा रुपान्त्रणको विषयमा अन्तरसंवाद गरिएको छ ।
वडा समितिको चौथो बैठकमा आयोजना गरिएको अन्तरसंवादमा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेलले छलफलको उक्त विषयमा आफ्ना भनाई सहित नेपालका राजनीतिको बारेमा चर्चा गर्नुभएको थियो ।
वडा सभापति दीपकप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य हरिप्रसाद अर्याल, पूर्व महाधिवेशन प्रतिनीधि हरिप्रसाद श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रममा वडाकी उपसभापति यमुना श्रेष्ठले स्वागत तथा क्षेत्रीय प्रतिनीधि चुन्नीलाल ठाकुरले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 
 
  
 

You may also like