सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेललाई

by समतल अनलाइन

काठमाडौं । सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् । उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् ।

फस्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेण्ड रनरअप आदित्य विश्वकर्मा भए । आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेल फाइनलमा पुगेका थिए ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निणर्ायक थिए । १५ जना ग्रान्ड जुरी थिए । प्रतिस्पर्धामा नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषी सहभागी भएका थिए ।

 
 
  
 

You may also like